Sunday 15th of November | २०८३ कार्तिक २९ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सभापति लामिछानेद्वारा वृक्षरोपण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २९ आइतबार |

जनकपुरधाम, २९ कात्तिकः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धनुषाको धनुषाधामस्थित धनुषाधाम वनस्पति उद्यानमा आज वृक्षरोपण गर्नुभएको छ ।

छठ पर्व मनाउन जनकपुरधाम आउनुभएका सभापति लामिछानेले धनुषाधाम मन्दिरमा पूजाअर्चना गरेपछि वनस्पति उद्यान पुगेर वृक्षरोपण गर्नुभएको हो ।

धनुषाधाम वनस्पति उद्यानका प्रमुख मोहम्मद ताहिर अलीका अनुसार उद्यानभित्र रहेको नक्षत्र बाटिकामा उहाँले गुलर जातको बिरुवा रोप्नुभएको हो ।

वृक्षरोपण कार्यक्रममा प्रतिनिधिसभा सदस्यद्वय पुरुषोत्तम यादव र रामविनय यादव तथा रास्वपाका नेता एवं कार्यकर्ताको उपस्थिति थियो ।

यसैबीच, सभापति लामिछाने आजै छठ पर्व मनाउन जनकपुरधामस्थित गङ्गासागर पोखरीमा सहभागी हुने रास्वपाका नेता अम्बुप्रसाद साहले जानकारी दिनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan