Sunday 15th of November | २०८३ कार्तिक २९ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अभियान टाइम्सकर्मी शाहलाई पितृशोक, पिता जियालाल साहको निधन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २९ आइतबार |

काठमाडौं । बारा जिल्लास्थित अभियान टाइम्सका सञ्चारकर्मी जितेन्द्र शाहलाई पितृशोक परेको छ। उनका पिता जियालाल साहको गएराति निधन भएको छ।

साहको निधनले शाह परिवार तथा आफन्तजन शोकमा परेका छन्। परिवारका सदस्य, नातेदार, इष्टमित्र तथा शुभचिन्तकहरूबीच शोकको वातावरण छाएको छ।

स्वर्गीय साहको पार्थिव शरीरको अन्त्येष्टि आज आइतबार बिहान १० बजे सनातन हिन्दू धर्म–संस्कारअनुसार गरिने पारिवारिक स्रोतले जनाएको छ।

सामाजिक तथा पारिवारिक जीवनमा आफ्नो छुट्टै पहिचान बनाउनुभएका साहको निधनले परिवारमा अपूरणीय क्षति पुगेको छ। 

पिताको निधनबाट शोकमा रहेका सञ्चारकर्मी शाह तथा शोकसन्तप्त परिवारजनप्रति अभियान टाइम्स परिवारले गहिरो दुःख व्यक्त गरेको छ।

यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामनासहित हार्दिक समवेदना व्यक्त गर्दछौँ।
भावपूर्ण श्रद्धाञ्जली !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan