Sunday 15th of November | २०८३ कार्तिक २९ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २९ आइतबार |
newsabhiyan

काठमाडौं, २९ कात्तिक : बर्दिया, गुलरिया नगरपालिका-११ लालपुरस्थित सडकमा बा.५ ख ५६०५ नम्बरको मिनी फोर्स गाडी र सि एच ओ १ सिएम ९४३७ नम्बरको मोटरसाइकल एकआपसमा शनिबार दिउँसो ठक्कर खाँदा मोटरसाइकल चालक बाँके राप्तीसोनारी गाउँपालिका-५ चिलरिया बस्ने ३४ वर्षीय हुकुम बहादुर खत्री र  मोटरसाइकलमा सवार ५५ वर्षीय दल बहादुर खत्री मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मिनी फोर्स गाडीमा सवार अन्य ४ जनाको सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस नेपालगंजमा उपचार भइरहेको छ । प्रहरीले मिनी फोर्स गाडीका चालकलाई नियन्त्रणमा लिएको छ ।

तनहुँ, व्यास नगरपालिका-१२ छिर्कनेस्थित सडकमा प्रदेश ३-०३-००१ प ४४१६ नम्बरको मोटरसाइकल शनिबार राति दुर्घटना हुँदा चालक तनहुँ भानु नगरपालिका-५ मैबल घर भएका ३२ वर्षीय सम्भु विकको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो ।  

झापा, शिवसताक्षी नगरपालिका-८ बुद्ध चोकस्थित सडकमा प्र.३-०१-०२४ च ८०३५ नम्बरको कार र मे.९ प ३३४ नम्बरको मोटरसाइकल एकआपसमा शनिबार साँझ ठक्कर खाँदा मोटरसाइकल चालक बुद्धशान्ति गाउँपालिका-३ बस्ने २१ वर्षीय साहित गजमेरको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सप्तरी, बोदेवर्साइन नगरपालिका-७ हैठ्ठीस्थित सडकमा बोदेवर्साइनबाट देउरीतर्फ जाँदै गरेको प्र.२-०१-००२ प ४१६३ नम्बरको मोटरसाइकल आइतबार दिउँसो दुर्घटना हुँदा चालक अग्रीसाइर कृष्णासवरण गाउँपालिका-५ मलहिनिया बस्ने ५० वर्षीय मो. नजरूल मियाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको छिनामस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो ।  

रौतहट, देवाही गोनाही नगरपालिका-५ पिपरास्थित सडकमा मधेश प्रदेश ०३–०३० प ४३९५ नम्बरको मोटरसाइकलको  ठक्करबाट साइकलयात्री कटहरिया नगरपालिका-२ हथियाही बस्ने ७० वर्षीय चतुरी राय यादवको आइतबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ ।  दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan