Monday 16th of November | २०८३ कार्तिक ३० सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भोटेकोशी बाढी प्रभावित जिल्लामा पुनर्निर्माण शीघ्र सुरु हुन्छ: मख्यमन्त्री मगर

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ३० सोमबार | (रासस)

भक्तपुर, ३० कात्तिक: गत भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट क्षति पुगेका रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लामा पुनर्निर्माण तथा पुनःस्थापना लागि प्रदेश सरकारले रु छ अर्ब रकम विनियोजन गरेको छ ।

    वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज भक्तपुरका सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले अन्य विकास आयोजनाका लागि छुट्याइएको बजेट कटौती गरेर बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण अघि बढाउन उक्त रकम विनियोजन गरेको जानकारी दिनुभयो ।

    प्रदेश सरकारले विपद्बाट प्रभावित नागरिकको आवास, क्षतिग्रस्त भौतिक संरचना र आधारभूत पूर्वाधारको पुनर्निर्माणलाई प्राथमिकता दिँदै विभिन्न मन्त्रालयका प्रस्तावित विकास बजेटमा कटौती पुनःस्थापना र पुनर्निर्माण अगाडि बढाउन लागेको बताउनुभयो ।

    पुनर्निर्माण र पुनःस्थापनाको काम तत्काल अघि बढाउने बताउँदै मुख्यमन्त्री थापामगरले भन्नुभयो, “हामी पीडितलाई न्यान दिन प्रतिबद्ध छौँ । रसुवा बाढीका कारण घरवारविहीन हुनुभएका, आफन्तजन गुमाउनुकाको भौतिक रूपमा पुनःस्थापना तथा पीडितलाई पर्न सक्ने मनोवैज्ञानिक प्रभाव न्यूनीकरण, नीतिगत क्षमता विकास, अधिकार प्रत्याभूत, उत्तरदायित्व बहनलगायत विषयमा गम्भीर भएर अगाडि बढेका छौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan