Monday 16th of November | २०८३ कार्तिक ३० सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जुवातास खेलिरहेको अवस्थामा ३४ जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ३० सोमबार |
newsabhiyan

काठमाडौं, ३० कात्तिक : दाङ, तुलसीपुर उपमहानगरपालिका-५ मासु मार्केटस्थित जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-५ बसपार्क बस्ने ५५ वर्षीय मोहमद अनिस कुरेसी समेत १५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङ समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ३० हजार २ सय ३५ रूपैयाँ र १२ बुक तास सहित पक्राउ गरेको हो ।

ललितपुर, गोदावरी नगरपालिका-६ टिकाभैरव भैसेस्थित भैसेडाँडा रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा कोन्ज्योसोम गाउँपालिका-५ बस्ने ४० वर्षीय केशव घिमिरे समेत १४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी टिकाभैरवबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ६० हजार रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । 

यसैगरी ललितपुर, गोदावरी नगरपालिका-५ लेले चम्पेश्वरी बस्ने ५१ वर्षीय यम कुमार श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा यम कुमार समेत ५ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत चापागाउँ समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १३ हजार ६ सय ३५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan