Monday 16th of November | २०८३ कार्तिक ३० सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

वडा प्रहरी परिसरमै कुटाकुट गर्ने पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ३० सोमबार | रासस

 

महेन्द्रनगर, ३० कात्तिकः महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालय परिसरमा आइतबार कुटाकुट गर्ने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले झै–झगडाको विषयमा वडा प्रहरी कार्यालय अगाडि दुई पक्षबीच पुनः वादविवाद भई झगडा भएपछि भीमदत्तनगरपालिका–५ का पाँच र भीमदत्त –१७ का एक गरी ६ जनालाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

 

प्रहरीका अनुसार पक्राउ पर्नेमा भीमदत्त –५ का ५८ वर्षीय रामबहादुर लुहार, २२ वर्षीय राजेश लुहार, २२ वर्षीय रोशनलुहार, २७ वर्षीया निशा लुहार, २६ वर्षीय रोहित लुहार र भीमदत्तनगरपालिका–१७ का २५ वर्षीय विशाल कोली रहेका छन् ।

 

वडा प्रहरी परिसरमै कुटाकुट भइरहेको भिडियो सामाजिक सञ्जालमा चर्चाको विषय बनेपछि जिल्ला प्रहरी कार्यालयले प्रेस विज्ञप्ति जारी गरी उक्त विवादमा संलग्न ६ जनालाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।

–––

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan