सुनचाँदीको मूल्य घट्यो
न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ३० सोमबार |
काठमाडौँ, ३० कात्तिकः स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजार १०० घटेको छ भने चाँदीको मूल्य प्रतितोला रु ८० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ६९ हजार १०० र चाँदीको मूल्य रु तीन हजार ५२० कायम छ ।
आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ७० हजार २०० र चाँदीको मूल्य रु तीन हजार ६०० कायम थियो ।


